कांग्रेस–एमालेलाई रवि लामिछानेको सुझाव : ‘आफ्नो दलको अप्ठेरा सुल्झाउनुहोला’

झुक्किएर बल आएछ भने बालेनको खुट्टामा पास गर्ने जिम्मा मेरो
news-details

रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् ।

पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

‘सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन्,’ उनले भने, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’

आफ्नो दलमात्रै होइन अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने उनको भनाइ छ ।

यसैबचि लामिछानेले झुक्किएर आफ्नो खुट्टामा बल आए पनि त्यो बल आफूले पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको खुट्टामा पास गर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा आजबाट सुरू भएको महाधिवेशनको उद्घाटन समारोहमा लामिछानेले सरकार सञ्चालनबारे चुनाव अघि नै सहमति भएको उल्लेख गरे।

‘सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याएको छ। अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको,’ लामिछानेले भने, ‘झुक्किएर बल आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।’

लामिछानले थपे, ‘यहाँ मुख मिठ्याउने धेरै छन्। चुकुली लगाउने पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन। म त इतिहासलाई जवाफ दिन खडा भएको छु। आज जन्मेकाहरुले मात्र होइन, भोलि जन्मनेहरूले पनि मलाई र बालेनलाई प्रश्न गर्नेछन्। यो मौका किन गुमाउन दियौं। हामी त्यो प्रश्न भाँच्न चाहन्छौं। यो अवसरलाई सदुपयोग गर्न चाहन्छौं।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया