रुपन्देही अदालतबाट पनि रवि–जीबीविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
- असार १, २०८३
- 0
काठमाडौं । जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको छ ।
सोमबार जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले लामिछानेसहित उनका तत्कालीन साझेदार हाल फरार रहेका जीबी राई र कुमार रम्तेलविरुद्धको सहकारी ठगीको मुद्दा यथावत राखेर अन्य मुद्दा फिर्ता लिन आदेश दिएको हो । योसँगै अब उनीहरुविरुद्ध सहकारी ठगीको मुद्दा मात्रै कायम रहेको छ ।
यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि उनीहरूविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







