दरबार हत्याकाण्डको छानबिन कुरिरहेको नारायणहिटी (तस्वीरहरु)
- जेष्ठ ३०, २०८३
- 0
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।
यसैबीच गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने घोषणा गरेका छन् । सरकारको यो घोषणासँगै हत्याकाण्डको सत्यतथ्य बाहिर आउँला त भन्ने प्रश्नहरु उठिरहेका छन् । पहिला पनि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल समेत रहेको छानबिन समिति गठन गरिएको थियो । तर नेता नेपालले पछि छानबिन समितिबाट राजीनामा दिए ।
उपाध्याय र रानाभाटले एक साता लगाएर जेठ अन्तिममा तयार गरेको छानबिन प्रतिवेदनको सङ्क्षेप सार्वजनिक गरिएको थियो । तर त्यो प्रतिवेदन षड्यन्त्रमूलक बनेको भन्दै विरोध गरिएको थियो ।
हत्याकाण्ड भैइसकेपछि यो दरबारलाई नारायणहिटी संग्रहालयका रुपमा परिणत गरिएको छ ।
तस्वीरहरु : सक्षम घिमिरे





0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







