टिकटकर तुलसाको मुद्दामा आज अदालतले आदेश गर्ने सक्ने, हतकडीसहित पुर्याइयो अदालत
- जेष्ठ २१, २०८३
- 0
काठमाडौं । टिकटकर तुलसा अधिकारीको मुद्दामा आज जिल्ला अदालत ललितपुरले आदेश गर्ने सम्भावना छ ।
लगातार हिजोदेखि जारी थुनछेक बहस नसकिएपछि हिजो पनि उनलाई प्रहरी हिरासतमै पठाइएको थियो । आज बहस सकिएमा न्यायाधीशले उनलाई थुनामा राखेरै अनुसन्धान गर्ने वा धरौटीमा छोड्ने आदेश गर्नेछन् ।
अधिकारीको बयानपछि जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा हिजोबाट थुनछेक बहस सुरू भएको हो । उनलाई आज अदालत ल्याउँदा हातमा हतकडीसहित ल्याइएको थियो ।
तुलसाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा दायर भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







