नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न कांग्रेसको माग
- जेष्ठ १७, २०८३
- 0
काठमाडौं । नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गरेकी छिन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने टिप्पणी गरेपछि उनले यस्तो माग गरेकी हुन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि नेपालले भारतको भूमि मिचेको भन्नुभयो, कहाँ मिचिएको हो रु अवगत गराउनुपर्यो । यो विषय गम्भीर र आपत्तिजनक छ । प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्यो, यो कुरा सही होइन भने रेकर्डबाट हटायोस् भन्ने माग गर्न चाहन्छु ।’
प्रधानमन्त्रीको कुरा सही नभएकाले रेकर्डबाट हटाउन पनि उनको माग छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







