सशस्त्रका डिआइजी अञ्जनी कुमार पोखरेल एआइजी बढुवामा सिफारिस
- जेष्ठ ६, २०८३
- 0
सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनी कुमार पोखरेल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस भएका छन्।
सशस्त्रको साधारण समूहतर्फ रिक्त रहेको एआइजी पदमा डिआइजी पोखरेललाई बढुवा गर्न सिफारिस भएको हो।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
समितिले बढुवा सिफारिस उपर चित्त नबुझे डिआइजीहरूलाई सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन भनेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







