सांसद खरेल भन्छन्–‘भगवानले हाम्रो रक्षा होइन, भगवानको रक्षा गर्न आवश्यक भएको छ’
- रोजगारमञ्च
- जेष्ठ ५, २०८३
- 0
पुर्व संचार मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले आफ्नो निर्वाचन क्षेत्र ललितपुर २ मा भगवानको रक्षा गर्नुपर्ने बेला भएको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यो क्षेत्रमा मूर्तिहरू चोरीका घटनाहरू भइरहेको बताउँदै उनले सम्पदाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण समेत गराए।
ुउनले बैठको शुन्य समयमा बोल्दै भने–‘हामी धेरैलाई लाग्छ, भगवानले हाम्रो रक्षा गर्छन् तर मेरो नगरमा मेरो क्षेत्रमा भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ। मूर्तिहरू चोरी भएका छन्, हिटीहरू चोरी भएका छन्। उत्खनन गर्नुपर्ने अवस्था छ। अतिक्रमण बढिरहेको छ । यो हिसाबले गर्दाखेरि मेरो एक जना सम्पदा अभियन्ता मित्र यादवलाल कायस्थ भन्नुहुन्छ, लौ न अब त भगवानलाई जोगाउनु पर्यो।’
उनले पछिल्लो घटनामा रातो मछिन्द्रनाथको जात्रामा दायाँ–बायाँ राख्ने हिटी मङ्ग चोरी भएको बताए। उनले सरकारलाई मन्दिर, मुर्ती र अन्य चोरीलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।
हेर्नुहोस् भिडियो :










