तिन वटा संसदीय समितिको बैठक बस्दै
- जेष्ठ ५, २०८३
- 0
काठमाडौं । आज तिन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
आज संसदीय सुनुवाइ समिति, अर्थ समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।
बिहान ८ बजे बस्ने भएको संसदीय सुनुवाइ समितिको चौथो बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, अर्थ समितिको बैठक पनि बस्ने भएको छ । बिहान ९ः३० बजे बस्ने भएको बैठकमा उपसमितिहरूबाट सम्पादित कामकारबाही सम्बन्धमा जानकारी लिने र अन्य विविध विषयमा पनि छलफल हुनेछ ।
यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक आगामी ‘आ।व।२०८३÷०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल’ हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







