बुटवलमा देशभरका भूमिहीनको शक्ति प्रदर्शन
- जेष्ठ ३, २०८३
- 0
रूपन्देही । सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था विना वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकमाथि सरकारले डोजर चलाएर आतंक मच्चाएको आरोप लगाउँदै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीकाे वृहत प्रदर्शन बुटवलमा सुरु भएकाे छ ।
नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन सुरु भएकाे हाे । राजमार्ग चौराहाबाट सुरु प्रदर्शन सुरु भएकाे छ ।
त्यसैगरी जेठ ४ गते बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना गरिने संघर्ष समितिले जनाएको छ ।
सम्मेलनले राष्ट्रियस्तरको संघर्ष समिति गठन गर्ने तथा सरकार र प्रमुख राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गर्ने जनाएको छ ।
संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित रुपन्देहीका १२ राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







