सांसद खरेलले भ्रामक समाचारविरुद्ध प्रेस काउन्सिल र साइबर ब्यूरोमा दिए निवेदन

news-details

सांसद खरेलले भ्रामक समाचारविरुद्ध प्रेस काउन्सिल र साइबर ब्यूरोमा दिए निवेदन आफ्नाबारे भ्रामक, झुटा तथा आधारहीन समाचार प्रकाशित भएको भन्दै पुर्व संचारमन्त्री तथा रास्वपाका सांसद जगदीश खरेलले राजधानी दैनिक विरुद्ध प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन्।

उजुरीमा सांसद खरेलले आफ्नो चरित्रमाथि आँच पुग्ने गरी कपोलकल्पित सामग्री प्रकाशन गरिएको उल्लेख गरेका छन्। उक्त समाचारले व्यक्तिगत प्रतिष्ठा र स्वाभिमानमा गम्भीर क्षति पुर्‍याएको दाबी गर्दै उनले यसप्रति कानुनी कारबाहीको माग गरेका छन्।

उनले भनेका छन्, ‘भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि मैले उजुरी दिएको छु । न्याय पाउनेमा मेरो पूर्ण विश्वास छ। साथै, सम्बन्धित पत्रिकाले माफी माग्दै मेरो सार्वजनिकरुपमा आएको खण्डनलाई अघिल्लो समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्न माग गर्दछु। यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ।’ मिडियाको आवरणमा हुने यस्ता गैरजिम्मेवार गतिविधिले समग्र व्यावसायिक पत्रकारिताको छविमा असर पार्ने उनको भनाइ छ।

उनले भनेका छन्, ‘म स्वतन्त्र र व्यावसायिक पत्रकारिताको पक्षधर हुँ, र मेरो जग पनि यही हो ।’ सांसद खरेलले उक्त पत्रिका विरुद्ध मानहानीको क्षतिपूर्ती माग्दै न्यायलयमा जाने विषयमा पनि छलफल गरिरहेको बताएका छन् ।

पत्रकारिताको सामान्य शैली पनि नअपनाई उक्त पत्रिकाले सार्वजनिक जीवनमा नै आँच आउने गरी हचुवाको भरमा समाचार बनाएको भन्दै राजधानी दैनिककै चौपर्फी आलोचना भएको छ ।

आजै प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वसञ्चारमन्त्री समेत रहेका खरेलले स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिने बताएका थिए।

उनी एक औपचारिक कार्यक्रमका लागि केही दिन अगाडि स्वीजरल्याण्ड गएर आजै स्वदेश फर्किएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया