वैशाख २८ गते सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त
news-details

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।

यस्तै मन्त्रिपरिषद बैठकले विदेशस्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया