सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
- बैशाख २४, २०८३
- 0
काठमाडौं । संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बिहीबार (वैशाख २४) बसेको बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैठकमा प्रधानमन्त्री शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुविकुमारी, प्रमुख विपक्षी नेता भीष्मराज आङदेम्बे र कानुनमन्त्री सोविता गौतम सहभागी थिए ।
न्याय परिषद्ले गत फागुनमै योग्यता पुगेका ६ न्यायाधीशको नाम संवैधानिक परिषदको सचिवालयमा सिफारिस गरेको थियो ।
प्रकाशमानसिंह राउत गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै प्रधानन्यायाधीश रिक्त थियो । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको भूमिकामा छिन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







