रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै

news-details

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज प्रि-बजेट छलफल हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ ।

आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ । आर्थिक वर्ष २०८३-०८४ सालको बजेट तर्जुमा अगावै प्रि-बजेट छलफल’को आयोजना गरिएको हो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया