त्रिविका उपकुलपतिसहित तीनजनाले दिए सामूहिक राजीनामा
- बैशाख १७, २०८३
- 0
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनजनाले सामूहिक राजीनामा दिएका छन् ।
आज उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा खड्ग केसी र रजिस्ट्रार प्रा.डा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्।
सरकारले राजनीतिक नियुक्ति हटाउने निर्णय गरेसँगै उनीहरूले राजीनामा दिएका हुन् । नयाँ सरकारलाई काम गर्न सजिलो होस भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।
अर्याल २०८२ असार २५ मा उपकुलपति नियुक्त भएका थिए। उनलाई तत्कालनी प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेका थिए।
त्यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल २०८० चैत ३० मा नियुक्त भएका थिए। उनीहरूलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका थिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







