सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै प्रहरी जवान (तस्वीरहरु)

news-details

काठमाडौं । थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न नेपाल प्रहरीका जवानहरू सहयोग गरिहेका छन् ।

सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विगतमा जस्तो झडपको स्थिति सिर्जना हुन नदिन प्रशासनले सतर्कता अपनाएको छ ।

रोचक दृश्य त के छ भने, बस्ती खाली गराउन पुगेका सुरक्षाकर्मीहरूले नै स्थानीयलाई उनीहरूका घरभित्रका सामान, लत्ताकपडा र खाद्यान्न सुरक्षित रूपमा बाहिर निकाल्न र बोक्न सहयोग गरिरहेका छन् ।

तस्वीरहरु : सक्षम घिमिरे

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया