थापाथलीको सुकुमवासी बस्तीमा प्रहरीले राख्यो सीसीटीभी
- बैशाख ११, २०८३
- 0
काठमाडौं । प्रहरीले थापाथलीको सुकुमवासी बस्तीमा सीसीटीभी क्यामेरा जडान गरेको छ ।
बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान गरिएको हो । सरकारले भोलि राजधानीका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउँदै छ ।
त्यस क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षणका लागि क्यामेरा राखिएको बताइएको छ ।
प्रहरीले भने नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको बताएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







