काँग्रेसले सोध्यो कान्छाराम तामाङलाई स्पष्टीकरण
- बैशाख ८, २०८३
- 0
काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ ।
केही दिनअघि तामाङले सभापति गगन थापासँग ३ अर्ब पैसा रहेको दाबी गरेको भिडिओ सार्वजनिक भएपछि काँग्रेसले तीन दिने स्पष्टीकरण सोधेको हो ।
अनुशासन आयोगका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लङ्घन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेस गर्न निर्देशन गर्दछ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







