रास्वपाले बोलायो सचिवालय बैठक

news-details

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठक भोलि आइतबार दिउँसो ३ः३० बजे बस्नेछ ।

पार्टीका अनुसार बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् लगायतका संरचनामा मनोनयनका विषयमा छलफल हुनेछ ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक तथा संसदीय दलका लागि प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया