उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
- चैत्र २७, २०८२
- 0
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोप्रसाद अर्यालले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपसभामुख पदमा सरस्वती लामालाई उठाएको थियो । अर्यालका अनुसार सरस्वती लामाको पक्षमा संसदमा उपस्थित भएका २५७ सांसदमध्य प्रस्तावको पक्षमा जम्मा पाँच मत ,हुन्न भन्नेमा २१५ मत र प्रस्तावमा मत दिन्न भन्नेमा ३७ मत रहेकाले उनको उम्मेदवारीको प्रस्ताव अस्वीकृत भएको हो ।
योसँगै २५ वर्षकी रुबीकुमारी संसारकै कान्छी उपसभामुख बनेकी छिन् । उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् ।
नेकपा (एमाले) तटस्थ बसेको थियो भने अरु सबै दलले रुबीलाई समर्थन गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







