डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता
- चैत्र २०, २०८२
- 0
काठमाडौँ । रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनले सिंहदरबारमा पुगेर शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ । सभामुखको निर्वाचन आइतबार हुँदैछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







