ओली-लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश

news-details

जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

लेखकको बयान लिने काम सकिसकेको छ। ओलीको भने बयान लिने काम जारी नै छ।

यसअघि आइतबार जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त म्याद बुधबार सकिएको थियो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया