सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, जनतासँग प्रत्यक्ष जोडिने बाचाको आरम्भ

news-details

जनतासँग प्रत्यक्ष जोडिने आफ्नै बाचा अनुसार ललितपुर क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका् तर्फबाट निर्वाचित सांसद जगदीश खरेलको सम्पर्क कार्यालय आजबाट शुभारम्भ भएको छ ।

ललितपुर ग्वार्को चोक नजिकै सञ्चालनमा ल्याइएको सम्पर्क कार्यालय बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उद्घाटन गरिएको हो ।

कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए । अब कार्यालय उद्घाटन भएसँगै जनतासँग प्रत्यक्ष नियमितरुपमा जोडिने, सम्पर्क र सम्बन्ध बनाउने साथै जनताका सरोकारका विषयबारे छलफल उनको भनाई छ ।

उनले भने,‘चुनावमा आउने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने लागेर हामीले जनतासँग प्रत्यक्ष एवम नियमितरुपमा जोडिन, सम्पर्क सम्बन्ध बढाउन र कुराकानी गर्नको लागि ग्वार्को चोकमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेको छौं ।’

उनको अुनसार आफ्नो क्षेत्रका मतदाताको लागि छुट्टै विशेष समय छुट्याइएको छ । हरेक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म ललितपुर क्षेत्र नं२का जनताले मात्र भेट्न पाउने छन् । त्यो बाहेकको समयमा भने अरुले पनि भेट गर्न सक्नेछन् ।

‘हरेक शनिबार ७ बजेदेखि १० बजेको समयमा ललितपुर २को जनताको लागि मात्र भनेर छुट्याएको छौं । अब जनताको समस्या ,धारणा र सुझाव प्रत्यक्ष रुपमा लिने छौं । अब सांसद देखिन्छ, सुनिन्छ र भेटिन्छ पनि ।’
उनले अत्यधिक मतले आफूलाई विजयी गराउने मतदाताहरुलाई धन्यवाद समेत दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया