एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त
- चैत्र १४, २०८२
- 0
काठामाडौं । नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ ।
पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका छन् ।
प्रहरीले आज(शनिबार) बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







