केपी ओली टिचिङ अस्पताल भर्ना
- चैत्र १४, २०८२
- 0
काठमाडौं : जेनजी आन्दोलन दमनको आरोपमा पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।
शनिबार बिहान निवासबाटै पक्राउ परेका ओलीलाई जिल्ला प्रहरी परिसर माइतीघर लगिएको थियो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।
मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले ओली नियमित औषधि सेवन गर्दै आएका छन्। उनको स्वास्थ्य जाँचपछि अस्पतालको ५ सय १ नम्बर बेडमा भर्ना गरिएको स्रोतले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







