बालेन शाह रास्वपा संसदीय दलको नेतामा चयन
- चैत्र १२, २०८२
- 0
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन् । विहीबार पार्टी कार्यालयमा बसेको दलको बैठकले शाहलाई नेता चयन गरेको हो ।
संसदीय दल गठन सम्बन्धी प्रस्ताव पार्टी सभापति रवि लामिछानेद्वारा संसदीय दलमा प्रस्तुत गरिएको थियो ।
केन्द्रीय समितिको निर्णय अनुसार वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चयन भएको सो अवसरमा जानकारी गराइयो । शाहलाई दलको नेताका रुपमा गरिएको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा केन्द्रीय समिति तथा संसदीय दलको नेताको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिद्वारा प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ,’ झाले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







