कुलमानको नेतृत्वमा उज्यालो नेपाल पार्टीले गठन गर्यो १४ सदस्यीय सचिवालय
- चैत्र ७, २०८२
- 0
काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा १४ सदस्यीय सचिवालय गठन गरेको छ ।
शुक्रबार मध्यरातसम्म बसेको बैठकले पार्टीको विधानमा कुल १५ जना पदाधिकारी रहने व्यवस्था भए पनि हाललाई ९ जनाको मात्र नाम टुंगो लगाएको हो । विधानअनुसार अध्यक्ष, वरिष्ठ नेता, दुई उपाध्यक्ष (एक जना महिला), महासचिव, दुई उपमहासचिव (एक जना महिला), सात सचिव (तीन जना महिला) र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
बैठकले अध्यक्षमा घिसिङ, वरिष्ठ नेतामा अनुपकुमार उपाध्याय, उपाध्यक्षमा प्रा.डा. महेन्द्र लावती, महासचिवमा धर्मबहादुर चौधरी, सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का तथा कोषाध्यक्षमा भगवती कक्षपति चयन गरेको हो । पार्टी प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापालाई चयन गर्दै सचिवालयमा ल्याइएको छ । पार्टीको विधानमा भने मुख्यसचिव र प्रवक्ता पद उल्लेख छैन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







