निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सहयोग गरेकोमा प्रधानमन्त्री कार्कीले एमालेलाई दिइन् धन्यवाद

news-details

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन्।

प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन्। जसअनुसार एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए।

उनले निर्वाचनमा जित-हार भइरहने भएकाले एकपटकको जनादेशबाट विचलित नहुन एमाले नेतृत्वलाई शान्त्वना पनि दिएकी थिइन्।

एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनको नेतृत्वको सरकारलाई बधाई दिएका थिए।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया