संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
- चैत्र २, २०८२
- 0
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्।
उनले आफ्नो व्यक्तिगत इच्छा नभए पनि पार्टीको आवश्यकताका कारण अघिल्ला दुई निर्वाचनमा उम्मेदवारी दिएको उल्लेख गर्दै संसदीय राजनीतिबाट सन्यास लिएको बताएका हुन् ।
यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका राउत रामजी यादवसँग पराजित भएका थिए।
राउतले अब संसदको प्रतिस्पर्धाबाट टाढा रहने तर पार्टी नेतृत्व र राजनीतिक अभियान भने जारी राख्ने बताएका छन्। उनले आगामी स्थानीय र प्रदेश चुनावलाई केन्द्रित गर्दै पार्टीलाई बलियो बनाउने योजनामा आफू सक्रिय रहने पनि बताएका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







