धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद
- चैत्र २, २०८२
- 0
धनुषा । मधेस प्रदेश प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ मा छापा मारेर ठुलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ ।
तुलसीयाही प्रहरी चौकीदेखि करिब ४०० मिटर पूर्वतर्फ शिव सरन महतोको कुटानी–पिसानी मिल पछाडि गोप्य रूपमा राखिएका १२ वटा बोरामा विभिन्न मोडलका जुत्ता, मोबाइल कभर र लेडिज चप्पल फेला परेको छ ।
बरामद सामानको मूल्य करिब सात लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद सामान इलाका प्रहरी कार्यालय फुलगामा बुझाइएको छ र थप अनुसन्धान सुरु गरिएको छ । घटनास्थल उक्त कार्यालयदेखि करिब ७ किलोमिटर टाढा पर्ने बताइएको छ ।
मधेस प्रदेश प्रहरीले गोप्य सूचनाका आधारमा अवैध भण्डारण, तस्करी र चोरी–छलका मामिलामा नियमित छापा मार्दै आएको र दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
बरामद सामानको स्रोत र संलग्न व्यक्ति पत्ता लगाउन अनुसन्धान जारी रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







