गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

news-details

सरकारले रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपतिबाट मनोनीत भएमा उनी आउँदो ६ वर्ष सांसद हुनेछन्। राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउँछन् तर प्रधानमन्त्री हुने व्यवस्था छैन।

पेशाले अधिवक्ता रहेका अर्याल जेनजी आन्दोलनपछिको सरकारमा गृहमन्त्री छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया