किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
- फाल्गुन २८, २०८२
- 0
काठमाडौं । धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह ९कमल० सम्बन्धी विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण आदेश दिएको छ। अदालतले साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको हो।
निर्वाचनअघि कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको आधारमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो। सो निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि कालोसूचीमा राख्ने निर्णय तत्काल लागू नगर्न आदेश दिएको हो।
यस आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्णयमाथि प्रश्न उठेको छ। यद्यपि सो क्षेत्रमा निर्वाचन आयोगले नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचित घोषणा गरिसकेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







