ओलीले भने– बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई !
- फाल्गुन २३, २०८२
- 0
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन ९बालेन्द्र० शाहलाई ‘बाबु’ सम्बोधन गरेर बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना !’
बालेनले शनिबार सम्पन्न मतगणनामा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भारी मतले पराजित गरेका थिए ।
बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मतमा सीमित भए । ओलीले बालेन काठमाडौंको मेयर निर्वाचित भएपछि आफूलाई भेट्न आएका बेलाको तस्वीर राख्दै उनलाई बधाई दिएका हुन् । त्यसबेला ओलीले बालेनलाई तबला उपहार दिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







