गृहमन्त्रीले भने : ‘निर्वाचनमा सुरक्षा मजबुद छ, ढुक्क भएर मतदान गर्नुस्’
- फाल्गुन १५, २०८२
- 0
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताएका छन् ।
आसन्न प्रपितनिधिसभा सदस्य निर्वाचनको निर्वाचन सुरक्षा र समग्र शान्ति अवस्थाको निरीक्षण तथा अनुगमनका लागि शुक्रबार ओखलढुंगा पुगेका मन्त्री अर्यालले शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेकाले सबैले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । उनले भने,‘अन्य जिल्ला हेरी ओखलङुंगा शान्त रहेको छ । कानून विपरीत कृयाकलापमा उन्मुक्ति दिइनेछैन । सबैलाई सुरक्षाको पूर्ण अनुभूति दिन्छौँ ।’
मन्त्री अर्यालले गैर कानूनी कृयाकलाप गर्नेलाई कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरिने प्रतिवद्धता जनाए । साथै उनले सबैले निष्पक्ष भएर निर्वाचन गराउनुपर्नेमा जोड थियो ।
मन्त्री अर्यालले दैनिक घटनाको विश्लेषण गरी धार्मिक, सामाजिक सद्भाव कायम गर्न तथा उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







