झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
- माघ २०, २०८२
- 0
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्।
उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् ।
यसैगरी, नेता बालेनले झापाका विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट गरी स्थानीय विकास, जनतालाई सशक्त बनाउने र समस्याहरूको समाधानका उपायहरूबारे छलफल गरेका छन्।
कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा रहेका चुनौती, समस्या तथा सम्भावित सुधारका सुझावहरू व्यक्त गरेका छन् । रास्वपाका नेताहरूले त्यस्ता सुझावलाई पार्टीको नीति निर्माण र स्थानीय विकास कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







