मुलपानीमा प्रहरीले गोली चलाएर १० लुटेरा समात्यो
- माघ १५, २०८२
- 0
काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा प्रहरीले गोली चलाएर १० जना लुटेरालाई पक्राउ गरेको छ । रातिको समयमा विभिन्न व्यक्तिलाई पछ्याई गहना, नगद तथा अन्य सामान लुटपाट गर्दै आएका समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लुटपाटका घटना बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति विशेष अपरेसनमा परिचालित भएको थियो । सोही क्रममा लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । पक्राउ गर्ने क्रममा परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुपरेको उनले बताए ।
पक्राउ परेका लुटेराहरूको नामसहित विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







