आफ्नो क्षेत्र सचिनलाई छोडेर सर्लाही–४ मा पुगे गगन

news-details

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसअघि आफू निर्वाचन लड्दै आएको क्षेत्र काठमाडौं-४ मा युथ कांग्रेस अभियन्ता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएका छन् ।

आफ्नो पुरानो क्षेत्रमा सचिनलाई उम्मेदवार बनाएर सभापति थापा भने सर्लाही पुगेका हुन् । काठमाडौं महानगर वडा नम्बर ३० का स्थायी बासिन्दा सचिन क्रिकेट कमेन्टेटर समेत हुन् ।

यस पटक थापा भने सर्लाही–४ बाट निर्वाचन लड्दैछन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया