संचारमन्त्री खरेलले राजीनामा दिदै, भोली रास्वपामा प्रवेश गर्दै ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी

news-details

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री खरेलले आफ्नो पदबाट राजीनामा दिने भएका छन् । मन्त्री खरेलले भोली घण्टीघर पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक प्रवेश गर्ने तयारी गरेका छन् । सोही दिन उनले ललितपुर क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय खरेल ‘जेनजी आन्दोलन’ पछि बनेको वर्तमान सरकारमा संचारमन्त्रालयको जिम्मेवारी सम्हाल्दै सरकारका प्रवक्ताको भूमिकामा पनि रहेका थिए ।

वर्तमान सरकारको मुख्य उद्देश्यअनुसार फागुन २१ मा सम्पन्न निर्वाचन सफल बनाउन उनले उल्लेखनीय भूमिका खेलेका थिए । सो क्रममा खरेलले राजनीतिक दल, जेनजी अभियानका अगुवा तथा नागरिक समाजबीच समन्वयकारी भूमिकामा रहेर काम गरेका थिए ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको छोटो अवधिमै उनले केही उल्लेखनीय काम अघि बढाएको भन्दै उनी युवामाझ लोकप्रिय व्यक्तित्वका रूपमा परिचित छन् । खरेलको राजीनामा र नयाँ राजनीतिक यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया