कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै
- माघ ३, २०८२
- 0
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक डाकेका छन्। शुक्रबार साँझ निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय समिति बैठक डाकेका हुन् ।
बैठक आज बिहान साढे ११ बजे नयाँ बानेश्वर स्थित एक ब्याङ्क्वेटमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ।
आधिकारिकता गुमाएको शेरबहादुर देउवापक्षको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ। बैठकमा आगामी रणनीतिबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







