देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ : बालेन शाह
- माघ २, २०८२
- 0
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशलाई दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ– देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ । अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ ।’
उनले आफू राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, दिगो बनाउने र व्यवस्थित बनाउने भएको उल्लेख गरेका छन् ।
‘नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन । विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो– उदार समाज निर्माण गर्नु हो ।’ उनले अगाडि लेखेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







