कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ता सुरु

news-details

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता शुरु गरेको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बिहान ९ः१५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको बताए । लगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने बताइएको छ ।

पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदका लागि निर्वाचनको काम अघि बढेको हो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७ सय ४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६ सय ३५ महाधिवेशन प्रतिनिधि रहेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया