वीरगन्जमा बढाइयो कर्फ्युको अवधि
- पुस २२, २०८२
- 0
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्युलाई निरन्तरता दिएको छ । आज बिहान ८ बजेसम्म रहेको कर्फ्युलाई दिउँसो १ निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कर्फ्युको समयमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने जिल्ला प्रशासनले प्रष्ट पारेको छ । वीरगञ्जको स्थिति तनावपूर्ण बनेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।
सीडीओ भोला दाहालले एक विज्ञप्ति जारी गर्दै कर्फ्युको समय थप गरिएको जनाएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– कर्फ्युको बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र निस्कनुपर्दा सुरक्षाकर्मीसँग समन्वय वा १०० मा फोन गरी बाहिर निष्कन अनुरोध छ ।”
टिकटकमा पोस्ट गरिएको एउटा भिडियोलाई लिएर मुस्लिम र हिन्दू समूहबीच वीरगन्जमा केही दिनदेखि तनाव बढ्दै गएको थियो । सोही तनावलाई कम गर्न स्थानीय प्रशासनले सोमबारदेखि कर्फ्यु लगाएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







