बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्दा दुर्घटना, सबै यात्रुको सकुशल उद्धार
- पुस १८, २०८२
- 0
झापा । झापाको भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान दुर्घटनामा परेको छ ।
५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९एन ए एमएस जहाज राति ९ः१० बजे अवतरणका बेला धावन मार्गबाट दुई सय मिटर टाढा चिप्लिएर बाहिर घाँसको मैदानमा पुगेको थियो।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार कुनै मानवीय क्षति भएको छैन। जहाजमा आगलागी पनि भएको छैन । तर, आंशिक क्षति पुगेको छ ।
घटनापछि सुरक्षाकर्मी तथा विमानस्थल प्रशासनले उद्धार गरेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







