अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल नेपाल’ घोषणा

news-details

मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मिया अन्सारीले पुराना पार्टीबाट मुलुक बन्न नसक्ने ठोकुवा गरेका छन् । आज काठमाडौमा आफ्नो अध्यक्षतामा राष्ट्र निर्माण दल नेपाल पार्टीको घोषणा गर्दे उनले मुलुक निर्माणका लागि नयाँ दल आवश्यक देखिएकाले युवाहरुसहितको नयाँ दल घोषणा गरेको जानकारी दिए ।

सबै भुगोल, जनजाति, समूह, दलित, मुस्लिम, नेवा, खस आर्य सबै अटाउने पार्टी आफ्नो भएको दाबी समेत उनले गरे । अहिले देशमा भ्रष्टाचार बढ्दै गएको, सरकारले सुशासन कायम गर्न नसकेको र युवालाई रोजगारी दिन नसकेको भन्दै आफ्नो पार्टीले सुशासन केन्द्रीत अभियान सञ्चालन गर्ने उनको भनाई छ । उनले आफ्नो पार्टी सबैको सम्मान, सबैको पहिचान, राष्ट्रिय स्वाधिनता र राष्ट्र निर्माणमा लाग्ने दाबी गरे ।

जनताको हित सर्वोपरि भएको भन्दै उनले देश निर्माण प्रमुख उद्धेश्य रहेकोमा पनि जोड दिए । उनले आफ्नो पार्टी बिचारबाट चल्ने भन्दै बिचार मिल्नेसंग सहकार्य गर्न सकीने पनि प्रष्ट पारे । मुस्लिम समूदाय राज्यबाट तिरस्कृत भएको भन्दै आफुले मुस्लिम समूदायलाई समेटेर अगाडी बढ्ने बताए ।

घोषणा सभामा पूर्व सांसद जाकिर हुसेनले पार्टी निर्माणमा सहकार्य र संगठन बिस्तारमा तत्काल लाग्ने बताए । घोषणा कार्यक्रमा डाक्टर, समाजेवी, बुद्धिजीवि र प्रतिष्ठित व्यक्तिहरुको बाहुल्यता थियो । पार्टीको चुनाव चिन्ह पानीको बोतल रहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया