जाँचबुझ आयोग पुगेर रमेश लेखकले दिए बयान

news-details

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा घटेका घटनाका छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिन उनी सिंहदबारस्थित आयोगको कार्यालय पुगेका थिए ।

केही दिनअघि आयोगले पत्र काटेर लेखकलाई बयानका लागि बोलाएको थियो । जेनजी आन्दोलनका क्रममा उनी गृहमन्त्री थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया