राष्ट्रपति पौडेल र झलनाथ खनालबीच भेटवार्ता
- पुस १२, २०८२
- 0
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज (शनिबार) शीतलनिवास पुगेर खनालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार, शान्तिसुरक्षा व्यवस्था र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले आगामी २१ फागुनमा निर्वाचन गरिनुपर्नेमा आफ्नो स्पष्ट जोड रहेको बताएका थिए ।
भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







