सञ्चारमन्त्री खरेल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, आजै ओली र प्रचण्डसँग पनि भेट गर्दै

news-details

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन ।

उनको सचिवालयका अनुसार मन्त्री खरेलले देउवासँग भेट गर्न उनकै निवास महाराजगन्ज पुगेका छन ।

त्यसपछि उनी बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनकै निजी निवास गुण्डु पुग्नेछन् ।

अनि अन्त्यमा सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास खुमलटार पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ ।

भेटमा फागुन २१ गते हुने निर्वाचनको विषयमा छलफल हुनेछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया