सञ्चारमन्त्री जगदीश खरेलको तीन महिना : यस्ता भए महत्वपूर्ण तीस काम

news-details
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा ३० प्रमुख उपलब्धी हाशिल भएको छ । मन्त्री खरेलले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिएको तीन महिनामा ३० महत्वपूर्ण उपलब्धी भएका छन् ।
सञ्चारमन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरेका हुन ।
मन्त्री खरेलले तीन महिनाको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको बताए । उनले भने,“धेरै चुनौतिकाबीच यति मुख्य उपलब्धी हाशिल भएको छ । आगामी दिनमा इमान्दारिकता साथ काम गरिन्छ ।”
यसअवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छपाइको कामदेखि दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच, सगरमाथाको आधार शिविरमा फोरजी सेवा विस्तारसम्मका महत्वपूर्ण काम भएका छन् ।
सञ्चारमन्त्री खरेलले तीन महिनाको अवधिमा आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, एनटिभि वल्र्डको शुभारम्भ, स्व। पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थपसहित ४६ भाषामा समाचार तथा रेख रचना प्रकाशन भएको जानकारी दिए ।
यस्तै दूरसञ्चार क्षेत्रमा निःशुल्क वाइफाई इन्टरनेट तर्फ काठमाडौँ उपत्यकाका १९ वटा सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि पक्रिया अघि बढाइएको बताए ।
सुदूरपश्चिम प्रदेशमा १५ वटा वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि,जेनजी डाटा प्याक कार्यान्वयन, एभरेष्ट वेस क्याम्पमा फोरजी सेवा विस्तार लगायतका कार्य सम्पन्न गरिएको पनि मन्त्री खरेलले बताए ।
सञ्चार मन्त्री खरेलले जेन्जी घाइते पत्रकार सम्मान, जेनजी आन्दोलन क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका उपलब्धिहरू सार्वजनिक गरे ।
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया