आज दुई संसदीय समितिको बैठक बस्दै
- पुस ६, २०८२
- 0
काठमाडौं । संघीय संसद अन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।
आज बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
आज बस्ने संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







