मतदानका लागि समय सारियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजेदेखि सुरु
- पुस १, २०८२
- 0
काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ ।
मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ । भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो ।
एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







