एमाले महाधिवेशन : यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

news-details

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ।

भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज करिब ९:०० बजे प्रारम्भिक नामावली प्रकाशन गरेको हो।

प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। अन्य पदाधिकारी तथा सदस्यमा उनीहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेको छ।

पार्टीको संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदमा ११ जनाको उम्मेदवारी परेको छ। एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन्।

यस्तै, तीन उपमहासचिव पदमा ६ जनालेउम्मेदवारी दर्ता गराएका छन्। यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ। विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा करिब एक हजारभन्दा बढीको उम्मेदवारी परेको छ।

ती उम्मेदवारीमाथि आजै राति दावी विरोध र छानबिनपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । मतदान पुस १ गते दिउँसो ११:०० बजेपछि हुने तालिका छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया